Wednesday 22 April 2020

उनी

अलि अलि नक्कल पनि पार्न खोज्छिन् रे उनी!
कालो-रातो कपाल अगाडि झार्न खोज्छिन रे उनी!!
नसालु आँखा, अनि मन्द-मन्द मुस्कान
मै हुँ भन्नेहरूलाई पनि एकै नजरमा मार्न खोज्छिन रे उनी!!!

Tuesday 21 April 2020

धोकेबाज

हेर्
त्यो झ्यालखानमा
झुटको इँटा छ
ईखको बालुवा
घमण्डको सिमेण्ट

अनिश्चितताको दैलो छ।
झ्यालखाना

प्रेम बीचको
साँघुरो 'आजाद' गल्लीमा
हिँड़िबस्छे
एउटी पागल
‘आज’।
चिनिराख् त्यसलाई। त्यो तेरो थियो।